श्रीमानको शव भन्दै झुटो विवरण पेस गर्ने महिला पक्राउ

त्रिवि शिक्षण महाराजगन्जमा रहेको वेवारिसे लासलाई श्रीमानको लास भन्दै झुटा विवरण पेश गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 



Download our app to get more features

काठमाडौं, २० चैत्र । ठगी मुद्दामा फरार रहेका श्रीमानलाई प्रहरीले नसमातुन भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको वेवारिसे लासलाई श्रीमानको लास भन्दै झुटा विवरण पेश गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 
चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान मरेको भनी झुटा विवरण पेस गरी फरार रहेका श्रीमानको कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको हो ।
ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठह¥याएका आफ्ना श्रीमान विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । अदालतबाट २०६५ जेठ ३० गते फैसला भई रु नौ लाख २६ हजार जरिवाना र दुई वर्ष कैद सजाय पाएका विष्णुप्रसाद फरार रहँदै आएका थिए ।
विष्णुप्रसादकै सल्लाहमा शान्तिले गत वैशाखको भूकम्पमा काठमाडौँको सुन्धारामा परी श्रीमानको मृत्यु भएको भन्ने झुटा व्यहोरा बनाई महराजगन्जस्थित शिक्षण अस्पतालबाट एउटा शवसमेत सनाखत गरी बुझी सदगत गरेको प्रहरीले जनाएको छ ।
शान्तिले गत फागुन ९ गते खैरहनी नगरपालिकाको कार्यालयमा श्रीमानको मृत्यु दर्ता गराएको र सो सम्बन्धमा बुझ्दा विष्णुप्रसादको मृत्यु नभएको पाइएपछि प्रहरीले ढुङ्गाना दम्पतीलाई नै पक्राउ गरेको छ । दोषी ठहर उनीहरु बिहीबार काठमाडौँबाट पक्राउ परेका हुन् ।
विष्णुप्रसादलाई ठगी मुद्दामा थुनामा पठाइएको र श्रीमती शान्तिलाई झुटा व्यहोरा उल्लेख गरी मृत्यु दर्ता गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
रासस

Last modified on 2016-04-18 17:59:28

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts