गोरखामा गएको पहिरोले स्वास्थ्य चौकी बगायो, घाइतेलाई हेलिकोप्टरबाट बयोधा अस्पताल ल्याइयो 

What's This?


Download our app to get more features

काठमाण्डौ, ६ असोज  । उत्तरी गोरखाको उईया गाविसको तातोपानीमा पहिरोमा परी त्रिपुरेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र बगाएको छ । पहिरोमा परी मनास्लु पदयात्रामा गएका पर्यटक सहित चार जनाको मृत्यु भएको छ ।

 पहिरोमा परेका १२ जना घाइतेलाई हेलिकोप्टरमार्फत उद्दार गरी बयोधा अस्पताल ल्याइएको छ । जसमा नौ जना विदेशी र चार जना नेपाली रहेका छन् । ४ जनाको अवस्था गम्भीर रहेको वयोधा अस्पतालले जनाएको छ । घाइतेहरुको हात खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको छ । घाइतेहरुको हाडजोर्नी शल्यचिकित्सक डा. अभय यादवको नेतृत्वमा शल्यक्रिया भइरहेको छ ।

 उनीहरुलाई पाँचवटा हेलिकप्टरबाट सिधै अस्पताल ल्याएर उपचार थालिएको अस्पतालले जनाएको छ । घटनामा कति जना घाइते भए भन्ने यकिन जानकारी आएको छैन । घाइते लाई लिन अस्पतालले ३ बटा थप हेलिकप्टर पठाएको जनाएको छ । घटनास्थलमा थप उद्दारका लागि प्रहरी परिचालन गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए। घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोष टाढा पर्छ। घटनास्थलबारे थप जानकारी आउन बाँकी छ । 
तस्विरः फाइल

Last modified on 2016-09-22 18:10:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts