नक्कली डाक्टरलाई ३ वर्ष कैद गर्न सिफारिस

What's This?


Download our app to get more features

काठमाडौं, २ फागुन ।
नेपाल मेडिकल काउन्सिलले अवैधानिक रुपमा डाक्टर बनी उपचार गर्न खटिएका नक्कली डाक्टरलाई कारबाही सरकारलाई गुहारेको छ । । लाइसेन्स बिना उपचार गरी शिशुको मृत्यु भएपछि नक्कली डाक्टर बनी उपचार गरेका दिलीपकुमार यादवलाई कडा कारबाही गर्न काउन्सिलले सरकारलाई गुहारेको हो ।

झापाका शिशुको उपचारका क्रममा मृत्यु भएपछि यादवलाई काउन्सिलले ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँ वा दुवै सजाय गर्न सरकारलाई सिफारिस गरेको छ । झापा बुधबारे ९ का प्रेम लुहागनकी १७ वर्षीया श्रीमती कविता लुहागनको चारआलीस्थित मनकामना अस्पतालमा डेलीभरी गराउने क्रममा शिशुको मृत्यु भएको थियो ।

काउन्सिल प्रवक्ता डा कृष्ण अधिकारीका अनुसार डेलिभरी भएको दिनको प्रेस्क्रिप्सनमा कविता लुहागन र यादवबीच भएको सहमति पत्र हेर्दा यादवले नामको अगाडि डाक्टरको उपाधि प्रयोग गरेका छन् । काउन्सिलको अभिलेख हेर्दा यादव पटक–पटक काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा अनुत्तीर्ण भएको भएका छन् ।

'अहिले यादवले लाइसेन्स परीक्षा पास गरिसकेका छन् । यो घटना लाइसेन्स पास नहुँदैको हो, यही शिशुको मृत्युलाई लिएर यादवलाई कारबाही गर्न भनिएको हो' अधिकारीले भने ।

कुनै व्यक्तिले आधुनिक औषधिसम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधिसम्बन्धी डिग्री, डिप्लोमा, सटिर्फिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन भन्ने व्यवस्था काउन्सिल ऐन प्रष्ट रुपमा गरिएको छ ।

 

Last modified on 2016-02-14 15:27:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts