चाडवाडमा जथाभावी खाएर सरुवा रोगका बिरामी बढे

What's This?


Download our app to get more features

काठमाडौं, २२ भदौ । काठमाडौंमा पछिल्लो समय रुघाखोकी, भाइरल ज्वरो लगायतका बिरामीको संख्या बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो साता मात्र एक सय जना रुघाखोकीका बिरामी उपचारका लागि पुगेको अस्पतालले जनाएको छ ।

केही दिनयता टाइफाइट, झाडापखालालगायतका सरुवा रोगका बिरामीको संख्या ह्वात्तै बढेको छ । तीजको अवसरमा आवतजावत र भेटघाट बढेको, समूहमा बस्ने गरिएको तथा खानपानमा हुने लापरवाहीका कारण बिरामी बढेको चिकित्सकहरुको भनाई छ ।

दुषित पानी नै झाडापखाला, रुघाखोकी र भाइरल ज्वरोलगायतका मुख्य कारण रहेको चिकित्सकहरुको भनाई छ । पानी नउमाली पिउने, जार र बोतलको पानी सुरक्षित भइहाल्छ भन्ने भ्रमका कारण पनि बिरामीको संख्या दैनिक रुपमा बढेको हो ।

यसैबिच, विभिन्न जिल्लामा पनि रुघाखोकी, झाडापखाला, टाइफाइड र भाइरल ज्वरोका बिरामी बढेका हुन् । बिरामीको संख्या बढेसँगै स्थानिय स्वास्थ्य संस्थामा बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीलाई जाँच गर्न भ्याइ नभ्याई भएको छ ।

विभिन्न जिल्ला अस्पतालका ओपिडी सेवामा पनि दैनिक १ सय ५० भन्दा बढीसम्म बिरामीहरु उपचारका लागि आउने गरेकोमा धेरैजसो मौसम परिवर्तनका कारण देखिने रुखाखोकी र भाइरल ज्वरोका बिरामी रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

रुघाखोकी, झाडापखाला र सरुवा रोगबाट बच्न उमालेको पानी मात्र पिउन चिकित्सकहरुको सुझाव छ । यस्तै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले संक्रमितको नजिकै बस्दा हातमुख छोप्न सके संक्रमणबाट बच्न सकिने उनीहरु बताउँछन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts