अस्पतालमै बिरामीको बिचल्ली 

What's This?


Download our app to get more features

काठमाडौं, १७ चैत्र । उपचार गराउन उदयपुरदेखि राजधानी आइपुगेका एक बिरामी अस्पतालले भर्ना नलिँदा खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । 

उदयपुर, गढीका ४२ वर्षीय कृष्णबहादुर सुनुवार २० दिनयता त्रिवि शिक्षण अस्पतालको सिँढीमा बसेर उपचार पालो पर्खिरहेका हुन् । पहिलोचोटि साउनमा उपचार गराएर फर्किएका उनलाई चिकित्सकले ‘फलोअप’ का लागि कात्तिकमा बोलाएका थिए । त्यति बेला चिकित्सकले पुनः फागुनमा आउन सुझाएका थिए । चिकित्सकले दिएकै भाकामा काठमाडौं आइपुगे पनि अस्पतालले शय्या खाली नरहेको भन्दै भर्ना लिन नमानेपछि उनको यो हबिगत भएको हो ।

सुनुवारका अनुसार पछिल्लोचोटि चिकित्सकले दुई हप्तापछि आउन भनेका छन् । तर, उनलाई यो अवधिमा पुनः घर पुगेर आउन खर्चले धान्दैन । त्यसै कारण उनी अस्पतालको सिँढीमा बस्न बाध्य छन् । पालो कुरेर बाहिर बस्दाबस्दै उपचारका लागि ल्याएको खर्च पनि सकिन लागेको सुनुवारको भनाई छ । 
सुनुवार गत साउनमा बाख्रा चराउन जाँदा पहिरोमा परेका थिए । त्यही घटनामा उनको एउटा खुट्टा भाँच्चियो । खुट्टाको बीच भागको हड्डी थिचिएकाले चिकित्सकले उनलाई नट जोडेर पठाईदिएका थिए । दोस्रोपटक कात्तिकमा आउँदा एक्सरे गरेर मात्र पठाएका थिए ।

अहिलेसम्म उपचारकै लागि तीन लाख रुपैयाँ ऋण लागिसकेको सुनुवारले दुखेसो पोखे । सुनुवार दैनिक ज्याला मजदुर गरेर परिवार पाल्दै आएका थिए । बुधवारको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको समाचार छ । 
 

Last modified on 2016-03-30 12:02:53

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts