सिँगान बग्नु मुटुका लागि खतरा

What's This?


Download our app to get more features

काठमाडौँ, १६ चैत्र । सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । 
रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ ।
विद्यालय जाने उमेर समूहका बालबालिकामा एकनास नाकबाट सिँगान बग्ने हुँदा त्यसलाई सानो समस्या सम्झेर हेलचक्रयाइँ नगर्न चिकित्सकले सुझाएका छन । 
वीर अस्पतालका नाक, कान, घाँटी विभागका कनसलटेन्ट इएनटी सर्जन डा. दिपेन्द्र गौतमले सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुने बताए । 
उनले भने, ‘सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ, नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ,।’
बालबालिकालाई चिसो भएमा, नाकमा सङ्क्रमण भएमा, नाक पछाडि ग्रन्थी बढेर एलर्जी, पिनास बारम्बार ?घा लाग्ने र नाकमा बाहिरी वस्तु अड्किएर पनि नाकमा निरन्तर सिँगान बग्ने समस्या देखिने गरेको छ । विद्यार्थीको अध्ययनमा समेत मन नलाग्ने, निन्द्रा पूरा नहुँदा विद्यालयमा निदाउने, दिउँसो निद्राका कारण दुर्घटनामा समेत पर्ने खतरा हुने डा गौतमको भनाइ छ ।
प्रशस्त पानी पिउने, चिसो खानेकुरा नखाने, धुलो, धुँवा र भीडभाडबाट बचाउने, सागपात, फलफूल प्रशस्त खाने बानीको विकास गर्नुपर्ने चिकित्सको सुझाव छ । 
रासस

Last modified on 2016-03-29 10:30:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts