रेविजविरुद्धको खोप लगाउने बिरामी बढे

What's This?


Download our app to get more features

काठमाडौँ, १५ चैत्र  ।  जनावरले टोकेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेविजको खोप लगाउन आउने बिरामी बढेका छन् ।

दैनिक सयभन्दा बढी नयाँ बिरामी खोपका लागि आउने गरेको अस्पताल सिनियर अहेब रेणुका आचार्यले बताइन् । उनका अनुसार नयाँ पुराना गरी खोपका लागि दैनिक २०० भन्दा बढी बिरामी टेकु अस्पताल आउने गरेका छन् ।

रेविज विरुद्धको खोप नलगाएका कुकुर, बिरालो, मुसालगायतका जनावरले टाेकेमा खोप लगाउनु पर्दछ । पाँचपटक गरी खोप लगाउनुपर्ने अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले बताए ।

उनले भने ‘जनावरले टोकेमा पहिलो दिन, तेस्रो दिन, सातौँ दिन, चौथो दिन र २८औँ दिनमा गरी पाँचपटक खोप लगाउनुपर्छ ।’ यदि घरमै पालेको जनावरले टोकेमा पहिलो दिन, तेस्रो दिन र सातौँ दिन गरी तीनपटक खोप लगाएमा रेविज हुनबाट बच्न सकिने पुनले जानकारी दिए ।

जनावरले टोकेका बिरामीमध्ये धेरै बिरामी कुकुरले टोकेका आउने गरेको डा पुनले बताए । गएको एक सातामा एक हजार ४ सय ४४ जना बिरामीले रेविज विरुद्धको खोप लगाएका छन् ।

रासस

Last modified on 2016-03-28 10:47:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts