जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा



Download our app to get more features

जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय बाल दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गर्ने क्रममा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले मङ्सिर ५ गते काठमाडौँमा   आयोजना गरेको अन्तरक्रियामा वन मन्त्री ऐनबहादुर शाही ठकुरीले उक्त कुरा बताउनु भएको हो।

वन मन्त्रीले  सरकारका तर्फबाट बालबालिकाको अधिकार सुनिश्चित गर्न, बालबालिकाको आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन र जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न कटिबद्ध रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

मन्त्री ठकुरीले भन्नुभयो, “जलवायु सङ्कट केवल विश्वव्यापी आपत्काल मात्र होइन, यो बाल अधिकारको सङ्कट पनि हो, यसले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई खतरामा पार्छ, नेपालको झन्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको अवस्थामा बालबालिका र युवा यस सङ्कटबाट प्रभावित भएका छन् ।”

कार्यक्रममा युनिसेफ की नेपाल प्रतिनिधि एलिस अङ्कुगाले जलवायु परिवर्तनले नेपालका बालबालिका र युवा पुस्तामा पर्ने असर र रोकथामबारे विस्तृत रूपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तस्बिर सौजन्य: युनिसेफ नेपालको फेसबुक पेज


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts