उचित मूल्यमा औषधि उपलब्ध गराउन अध्ययन समिति गठन



Download our app to get more features

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गर्नुभएको छ।

कात्तिक ६ गते मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै उहाँले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईँ, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन्। समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहनुभएको छ।

समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सुझाव दिन कार्यादेश दिइएको छ। यस्तै, छिमेकी देशहरूले अपनाइएका औषधिको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी मूल्य निर्धारणसम्बन्धी आधार पहिचान गरी नीतिगत सुधारका लागि सुझाव दिन पनि भनिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts