आँखाको नानी खोस्रिएर हुनसक्ने अन्धोपन अन्त्य गर्न नेपालमा उपचार अभियान सुरु 



Download our app to get more features

काठमाडौं, १० असार । आँखाको नानीमा लाग्न सक्ने विभिन्न रोगका कारणले दृष्टिविहीन हुनबाट बचाउने नयाँ उपचार कार्यक्रम नेपालमा पनि सुरु गरिएको छ । हिमालयन क्याट्र्याक्ट् परियोजना एचसीपी क्युअर ब्लाइन्डनेसले नेपाल र भारतका सामुदायिक स्वास्थ्यकर्मीहरुलाई आधारभुत तालिम दिएर कार्यक्रम आरम्भ गरिएको हो । 

यस कार्यक्रम मार्फत हालसम्म विश्वका ५०,००० भन्दा बढि महिला पुरुष एवं बालबालिकाको आँखा उपचार गरि दृष्टि बचाएको जनाइएको छ । यस अन्तर्गत आँखाको नानीमा लाग्ने चोटपटक बिशेष गरि आँखाको नानीको पहिलो सतह खोस्रिएर हुनसक्ने अन्धोपनाको पहिचान र आवश्यक परिक्षण एवं उपचार तथा निदान गरिन्छ जसले गर्दा समुदायमासमस्यालाई प्रारम्भिक अवस्थामै आवश्यक र उचित उपचार गरि सर्वसुलभ बनाउन सकिने एचसीपी क्युअर ब्लाइन्डनेसका प्रमुख कार्यकारी अधिकृत के.टी. ओवरबेले बताए ।  

यस उपचार अभियानले हरेक वर्ष १५ लाख मानिसहरुमा आँखाको नानी खोस्रिएर हुने कोर्नियल अबर्सन रोग तथा चोटपटक लागेर हुन सक्ने अन्धोपनालाइ बचाउन सक्ने ओवरेबेको दावी छ । ९० प्रतिशत भन्दा बढि आँखाको नानीमा चोटपटक बिशेष गरि नानीको पहिलो सतह खोस्रिएर दृष्टिविहिन हुन सक्नेहरुमा न्यून र मध्यम आयम भएका देशहरुमा बसोबास गरेको पाइन्छ । दुर्भाग्यबस धेरै बिरामीहरु आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको पाइन्छ । फलस्वरुप दृष्टि गुमाउने तथा परनिर्भरता बढ्ने गर्दछ । जसले गर्दा उनिहरुको दैनिक जिवन यापन र जिविकोपार्जनमा असर गर्दछ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts