जग्गा अतिक्रमणबारे नर्भिकको जवाफ: सम्झौता विपरित ठहरा बनाएगा छैनौं



Download our app to get more features

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा २४ घण्टा भित्र हटाउन निर्देशन दिएपछि अस्पतालले सम्झौता पत्र सार्वजनिक गरेको छ ।

अस्पतालले मङ्गलवार पत्रकार सम्मेलन गर्दै सम्झौता बिना कुनैपनि काम नगरेको प्रष्ट पारेको छ ।

अस्पतालका कार्यकारी निर्देशक सोमनाथ वास्तोलाले २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमि सुधार अधिकार लुम्ब प्रसाद सिवाकोटी र नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट वरिष्ठ प्रवन्धक मोहन प्रसाद खनालबीच सम्झौता भएको बताए ।

उनले सम्झौता पत्र सार्वजनिक गर्दै अस्पतालले सम्झौता विपरित टहरा निर्माण नगरेको बताए ।

अस्पतालले जारी गरेको सम्झौतापत्र हेरौंः



नर्भिक अस्पतालले सरकारसँग लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले निर्देशन दिएका हुन् ।

सोमवार काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर शाहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।

Last modified on 2022-08-09 14:22:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts