सुदूरपश्चिम सरकारको बजेट सक्न गुपचुपमा ‘तारा छनोट’ कार्यक्रम
 
            धनगढी, २० असार । असार मसान्त लागेसँगै सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट सक्न प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रले तारा छनोट कार्यक्रमको आयोजना गरेको छ।
प्रदेशको अस्थायी राजधानी धनगढीस्थित एक होटलमा केन्द्रले २ दिने प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको हो।
महेन्द्रनगरमा कार्यालय रहेको केन्द्रले प्रदेश किशोर÷किशोरी स्वास्थ्य प्रवद्र्धन तारा छनोट कार्यक्रम आयोजना गरिएको जनाएको छ।
स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड््काका अनुसार उक्त कार्यक्रमका लागि प्रदेश सरकारले ३ लाख ५० हजार बजेट छुट्याएको थियो।
उक्त कार्यक्रममा प्रदेशभरका १० जना प्रर्तिस्पर्धी र ५० जनाभन्दा बढीलाई सहभागी गराइएको बताइएको छ।
सोमबार सुरु भएको कार्यक्रम भोलि समापन हुने बताइएको छ।
असार मसान्तमा आएर सीमित सहभागी बोलाइ गरिएको यो कार्यक्रमको चौतर्फी आलोचना भइरहेको छ।
धनगढीकै अधिकांश किशोरकिशोरीले पनि यो कार्यक्रमबारे जानकारी समेत नपाएको गुनासो गरेका छन्। आयोजकले कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे प्रष्ट रुपमा खुलाएको छैन।

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                