बालबालिकाको आँखामा एलर्जी भयो ? यी उपाय अपनाउनुहोस्...



Download our app to get more features

बालबालिका भनेको निकै नै संवेदनशिल हुन्छन् । त्यसमा पनि पाँच वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनैपनि समस्या भएमा सहजै भन्न नसक्नेपनि हुन्छन् ।

तीनिहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएन भने ठूलो समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।  बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिनेमा आँखाको एलर्जी पनि एक हो ।

बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको हुन्छ । सबैभन्दा बढी गर्मी त्यसपछि जाडो मौसममा पनि बालबालिकाका आँखामा एलर्जी देखिन्छ । 

यो उमेर समूहका बालबालिकामा हरेक वर्ष पनि आँखामा एलर्जी देखिन सक्छ । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन ।

आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ । बालबालिकामा एलर्जी भए के गर्ने ? आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बू यसो भन्छन्ः

• यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ ।

• आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ  ।

• यस्तो बेला घाम र धूलोमा हिंड्नु हुँदैन् । घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ । 

• एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ ।

• चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो  हुन्छ ।

• बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन् । 

• जाडो मौसममा पनि आँखामा चिसो हुने भएकाले ध्यान दिनुपर्छ । चिसोले गर्दापनि आँखाबाट आशु आइराख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन सक्छ । समस्या झन् बढ्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

• बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ । 

कोरोनाका कारण बालबालिकामा बढी आँखाको समस्या देखियो । अनलाईन अध्ययन गर्ने बानीले उनीहरुमा आँखा दुख्ने, टाउको दुखने जस्ता समस्या बढी देखिएको थियो । त्यसकारण उनीहरुको आँखा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

आँखालाई आराम दिँदै र भिजिबिलिटी ठिक मात्रामा गरेर पढ्न दिनुपर्छ । समस्या देखिए डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

 

Last modified on 2022-07-07 07:41:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts