मनसुनमा रोग लाग्न नदिन आफ्ना बालबालिकालाई यसरी सुरक्षित राख्नुहोस्



Download our app to get more features

यस वर्षको मनसुन विस्तारै सक्रिय हुँदै वर्षा हुने क्रम बढेको छ । मनसुनका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहँदा काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा हैजा संक्रमण समुदाय स्तरमै फैलिन थालेको छ । 

मनसुनमा बालबालिकाको स्वास्थ्य बारे सचेत नभए यो मौसममा विभिन्न संक्रमण हुनेगर्छ ।

पानीका कारण हुने  झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया, हैजा जस्ता संक्रमणले यो मौसममा बालबालिकालाई सहजै संक्रमण गर्छ ।

साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ ।

बालरोग विशेषज्ञ डा. आन्या शर्माले यस्तो मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर केही सुझाव दिएकी छन् । जानौं डा. शर्माका सुझावहरू :— झाडा पखाला  निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन् । जसमा झाडापखालाका जिवाणु पनि हुनसक्छ । त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू संक्रमित हुन्छन् । निम्न लक्षण देखिए झाडापखाला भएको हुनसक्छ :

पातलो दिसा गर्ने ।

वान्ता हुने ।

शरीरमा पानीको मात्रा कमी हुने ।

टाइफाइटका लक्षण:

उज्च ज्वरो हुने ।

दुई तीन दिनसम्म ज्वरो आउँदा पनि अरु केहि लक्षण नदेखिने ।

निरन्तर पखाला लाग्ने ।

कसैकसैलाई पेट दुख्ने ।

कसैलाई वान्ता हुने ।

जन्डिसका लक्षण:

जीउ आलश्य हुने ।

खान मन नलाग्ने ।

वाक वाक लाग्ने । 

अलिदिनपछि आँखामा पहेँलो देखिने ।

पिसाब पेहेँलो आउने ।

रोकथामका उपाय :

घर र वरपरको सरसफाईमा ध्यान दिने । 

बालबालिकालाई पनि सफा राख्ने ।

पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने । बाहिरको खाने कुरा नखाने ।

बासी खाना नखाने ।

सफा खाना मात्रै खाने ।

खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने । 

झाडापखाला भएमा जीवनजल खान दिने ।

प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ । 

यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने । 

उपचार: झाडापखाला लागेमा जीवनजल खुवाउने  । के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ । झडापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।

सुझाव : यो मौसममा स्वास्थ्य र सरसफाई सम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ ।  कहिलेकहि रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सधै सचेत रहने । 

वर्षातको पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गर्न दिने ।  

Last modified on 2022-07-01 11:17:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts