डडेल्धुराको अमरगढी पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा
 
            डडेल्धुरा, १३ असार । अमरगढी नगरपालिका डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।
आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरेको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीले बताएका छन्।
पूर्ण खोप घोषणामा सहयोग गरेका महिला स्वयंसेविकालाई सम्मान गरिएको थियो।

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                