झापामा भेटिए ‘नयाँ रोग’का बिरामी



Download our app to get more features

विराटनगर, ६ भदौ । पूर्वाञ्चलमा पहिलो पल्ट ब्रुसोसिस अर्थात् ब्रुसिला एबोरटस रोगको बिरामी फेला परेको छ । 

पाल्तु जनावरबाट सर्ने सो रोग झापाका एक व्यक्तिमा देखिएको विराटनगरस्थित लाइफ गार्ड अस्पतालले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिरामीलाई कडा ज्वरो आउने, बान्ता हुने, बेहोस हुने र क्रमिक रुपमा कलेजो, मुटु बिग्रँदै गएर मृत्यु हुने सम्भावना रहेको उपचारका संलग्न डा. अस्मितानन्द ठाकुरले जानकारी गराए । गम्भीर अवस्थामा रहेका रोगीको रगत परीक्षणबाट सो रोग पुष्टि भएको उनले बताए । 
अचेतावस्थामा भर्ना भएका बिरामी एक साता भेन्टिलेटर राखेर रोगको पहिचान गरी उपचार गरेपछि यतिखेर बोल्न सक्ने, खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । गाईगोरु र खसीबाख्राको गोबर र दिसाबाट सर्ने सो रोग खासगरी दक्षिण अमेरिका र युरोपका मुलुकका देखिने गरिएको अस्पतालका अध्यक्ष डा कैलाशकुमार श्रेष्ठले जानकारी दिए । रासस 

Last modified on 2016-08-23 07:44:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts