स्वास्थ्यका कर्मचारीले संघबाट पूर्व स्वीकृती लिएर मात्र प्रवेश परीक्षामा सहभागी हुन पाउने
काठमाडौं,१० असार । स्वास्थ्यका कर्मचारीले संघ सरकारको पूर्व स्वीकृति लिएर मात्र प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्य सेवा ऐन अन्तरगत प्रदेश र स्थानीय तहका स्वास्थ्यका कर्मचारीले संघ सरकारको पूर्व स्वीकृति लिएर मात्र प्रवेश परीक्षामा सहभागी हुन पाउने बताएका हो ।
यो व्यवस्था प्रदेश तथा स्थानीय तहको कानुन नबनेसम्मका लागि लागु हुने मन्त्रालयले जनाएको छ ।
Last modified on 2022-06-25 08:00:40