ट्रमा सेन्टरको मेसुमा डा.प्रमोद यादव
काठमाडौं,९ असार । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रमोद यादवलाई ल्याइएको छ ।
यसअघि वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए ।
त्यस्तै सरकारले ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा.प्रमोद जोशीलाई भने प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाएको छ ।
Last modified on 2022-06-24 07:55:49