अफिन सुदूरपश्चिमको अध्यक्षमा पन्त
धनगढी,२ असार । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन् । विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी, चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल र जेपी चन्द चयन भएका भएका छन्।