नेपाल चिकित्सक संघका १९ चुनौति



Download our app to get more features

नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिरहँदा चिकित्सक संघले पहलकदमी लिनुपर्ने विभिन्न विषय र ऐजेण्डामाथि बृहत चासो र छलफल भइरहेको छ ।

चिकित्सक संघको अगुवाइमा सम्बोधन हुनुपर्ने स्वास्थ्य र चिकित्सा क्षेत्रका थुप्रै मुद्दाहरु छन् । यी मध्ये संघले उठान गर्नुपर्ने केही एजेण्डाहरुका बारेमा यहाँ स्पष्ट पार्ने प्रयत्न गरेको छु । 

१. निजि ,सरकारी ,सामुदायिक सबै अस्पताल, मेडिकल कलेज, क्लिनिक आदिमा कार्यरत चिकित्सकहरुका निम्ति  सुरक्षाको सवाल अत्यन्तै पेचिलो, अहं र चुनौतिपूर्ण रहँदै आएको छ । सावधानी,सजगता र होशियारिको बाबजुद पनि उपचारको  क्रममा घटित हुन सक्ने घटना या परिणामलाई लिएर पैदा हुने गरेका उत्तेजना र अबिवेकपूर्ण प्रतिक्रियाहरु चिकित्सा सेवाको क्षेत्रमा गम्भीर समस्याको रुपमा रहने गरेका छन । यस्ता घटनाहरु घटित हुने बित्तिकै तिनको निराकरण र निरुपण हुन स्थायी संयन्त्रको निर्माण गरि स्वतक्रियाशिल हुने पद्धतिको निर्माण हुनुपर्छ । 

२. चिकित्सा शिक्षामा सुधारको निम्ति नेपाल चिकित्सक संघ  र डा गोविन्द केसीसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्छ ।तिनै सवालहरु उठाएर डा.केसीले पटकपटक अनशन बस्ने स्थितिको अन्त्य गर्न नेपाल चिकित्सक संघले तदारुकता देखाउनुपर्छ। यसोगर्दा चिकित्सा शिक्षा र सेवामा इमानदारीता र नियमानुसार भएको लगानीको पनि संरक्षण हुनुपर्छ । निजहरुका न्यायोचित सवालहरुको संबोधन हुनुपर्छ ।
३. चिकित्सा सेवामा प्रवेश गरि आजीवन  कृयाशिल रहँदासम्म  मानसिक एवं शारीरिक दुवैखाले परिश्रम गर्नुपर्ने चिकित्सकले निजले व्यतित गरेको समय र   कामको आधारमा पारिश्रमिकको व्यवस्था हुनुपर्छ । विशेषज्ञ लगायत सबै चिकित्सकहरु न्युनतम र न्यायोचित सुविधाबाट बञ्चित हुनजाँदा पैदा हुने गरेका बेथितिहरुको अन्त्य हुनुपर्छ । एउटै संस्थामा पूर्णकालिन भै काम गर्ने वातावरण पैदा हुनुपर्छ । सरकारी एवं निजि सबैखाले स्वास्थ संस्थामा चिकित्सकहरु माथि हुने गरेका दबाब र शोषणहरुको अन्त हुनुपर्छ ।

४. अन्य गैर चिकित्सकहरुको तुलनामा सरकारी चिकित्सकहरुले पाउनुपर्ने सुविधा र हैसियतबाट बञ्चित रहेको अवस्थाको अन्त्य हुनुपर्छ  । चिकित्सकमाथि हुने गरेका यस्ता विभेदहरुको  अन्त्य हुनुपर्छ ।

५. मेडिकल काउन्सिललाई सक्षम,स्वतन्त्र ,स्वायत्त ,जवाफदेही  एवं सम्मानयुक्त  बनाउन पहल गर्नुपर्छ ।

६.सरकारी चिकित्सा सेवा र शिक्षामा मात्रात्मक एवम गुणात्मक अभिवृद्धीको लागि दवाव शृजना गर्नुपर्छ ।

७. चिकित्सा शास्त्र स्नातकोत्तर (पी.जी) ऐच्छिक ,निशर्त र  निशुल्क हुनुपर्दछ । तर पीजी लाई निशुल्क बनाउने नाममा अव्यवहारिक , जटिल एवं अवैज्ञानिक शर्त तेस्र्याउनु उपयुक्त हुन्न ।
८. चिकित्सकीय सेवा प्रदान गर्ने शिलशिलामा घटित हुने गरेका कतिपय  घटनाको सार्वजानिकिकरण यथार्थ र तथ्यमा  आधारित नहुँदा जनमानसमा चिकित्सकहरुप्रति पैदा हुने गरेका गलतफहमी र निर्दोष चिकित्सकले अनाहकमा बदनामी खेप्नुपरेको हुन्छ । यस सम्बन्धमा सञ्चार जगतसँग मैत्रीपूर्ण र खुलाबहस या अन्तर्कृया चलाई यस्ता घटनाहरुको समयमै निरुपण हुने पद्धतिको विकास आवश्यक छ ।
९. उपभोक्ता या सेवाग्राहीको हितको पनि प्रत्याभूति हुनेतर्फ पहल गर्नुपर्छ।
१०. जारी भएको लोकतान्त्रिक संघीय गणतान्त्रिक संविधानको मर्म र स्वास्थ्यसँग सम्बन्धित धारा ४२ अनुसारको जनमैत्री एवं स्वास्थ्यकर्मीमैत्री स्वास्थ्यसेवा ऐनको तर्जुमाका निम्ति पहल गर्नुपर्छ ।

११. प्रशासन एवं राजनीतिक क्षेत्रबाट चिकित्सकमाथि हुने गरेका विभेद दुव्र्यव्यवहार र उपेक्षापूर्ण व्यवहारको अन्त्य हुनुपर्छ ।

१२. चिकित्सकहरु बीचको पनि विभेद र यदाकदा पैदा हुने मनोमालिन्य , बेमेल र प्रतिस्पर्धाको पनि अन्त्य गर्नेतर्फ पहल गर्नुपर्छ ।
१३. व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै चिकित्सकहरुमा समयानुकूल ज्ञान र सीपको अभिवृद्धी गराउनेतर्फ पहल गर्नुपर्छ ।
१४. संघीय संरचनासँग मेल खाने गरि व्यवसायिक संरचनाको निर्माण गर्न पहल गर्नुपर्छ ।

१५. चौबीसै घण्टा  प्रभावकारी सूचना संयन्त्रको व्यवस्था हुनुपर्छ ।

१६. नयाँ संविधानसँग मेल खाने गरि अब जनता अनि चिकित्सकमैत्री  चिकित्सा सेवा ऐन निर्माण गर्नुपर्ने दायित्व छ ।
१७. मुलुक संघीय संरचनामा प्रबिष्ट  भए पश्चात नेपाल चिकित्सक संघलाई पनि सोही अनुसार ढाल्नुपर्ने हुन्छ । साथै केन्द्रिय समितीलाई अझै सशक्त र प्रभावी बनाइनुपर्छ ।
१८. चिकित्सा सेवाको करलाइ वैज्ञानिक ,पारदर्शी एवं सहज बनाइनुपर्छ ।

१९.सबै विशेषज्ञताहरुलाइ समेट्ने गरि निर्माण थालनि गरिएका चिकित्सक संघका भौतिक संरचनाहरुलाई पुर्णता दिनुपर्ने आवश्यकता छ ।
 

डा. पौडेल आसन्न नेपाल चिकित्सक संघ निर्वाचनका वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी हुन् । 

Last modified on 2016-08-22 14:05:16

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts