गर्मी बढेपछि कैलालीका २ स्थानीय तहले बिदा दिए



Download our app to get more features

धनगढीः पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि कैलालीका २ स्थानीय तहले बिदा दिने निर्णय गरेका छन्। 

गोदावरी नगरपालिकाका विद्यालय भोलिदेखि बन्द गर्ने निर्णय गरिएको छ। नगरपालिकाले जेठ २६ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। 

नगरभित्रका सबै विद्यालयहरुलाई बिदा दिन नगरपालिकाले आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको हो।
उता घोडाघोडी नगरपालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले जेठ २७ गतेसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
आज मात्रै कैलालीको अधिकतम तापक्रम ४३ डिग्री रहेको छ।

गर्मी अत्यधिक बढेपछि यहाँका नागरिक हैरान भएका छन्। बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको यहाँका नागरिकले बताएका छन्। उनीहरुले केही दिन वर्षा भए राहत पुग्ने जनाएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts