चिकित्सा शिक्षा तर्फको लाइसेन्स परीक्षाका लागि तालिका सार्वजनिक
काठमाडौं, २५ जेठ । नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले बुधवार सूचना जारी गर्दै काउन्सिलले स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा) को मिति ३ चरणमा हुने गरी तय गरेको छ ।
काउन्सिलका अनुसार स्नातक तहको लाइसेन्सको परिक्षा पहिलो चरणमा असोज ६, ७ र ८ गते हुने तय भएको छ भने दोस्रो चरणमा माघ १२, १३ र १४ गते परीक्षा हुनेछ ।
यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो चरणमा साउन ६ र ७ गते हुने छ भने दोस्रो चरणमा मंसिर ९ र १० गते तथा तेस्रो चरणमा चैत १७ र १८ गतेलाई तोकिएको छ ।
Last modified on 2022-06-09 16:00:22