गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर गरेको भन्दै कञ्चनपुरको भीमदत्तमा ४ दिन बिदा
कञ्चनपुर,२४ जेठ । पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ।
सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै आज २४ गतेदेखि २७ गते शुक्रवारसम्म विदा दिने निर्णय गरेको जनाएको छ। गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।