बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर नहुने
काठमाडौं,२३ जेठ । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ ।
पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विषयले पार्टीमा विवाद उत्पन्न भएपछि मन्त्रीको नियुक्ति र सपथ रोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको बताइएको छ ।
आइतबार बिहान बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले सरकारमा आफ्नो पार्टीले पाएको मन्त्रालयमा मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । पार्टीले स्वास्थ्यमन्त्री खतिवडालाई फिर्ता बोलाउँदै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फुल मन्त्री बनाउने प्रस्ताव गरेको थियो ।