स्वास्थ्यमन्त्रीमा भवानी प्रसाद खापुङ सिफारिस



Download our app to get more features

काठमाडौं,२२ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी प्रसाद खापुङ सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीले बहालवाला स्वास्थ्य मन्त्री विरोध खतिवडालाई फिर्ता बोलाउदै खापुङ सिफारिस गरेको हो । 

समाजवादीले स्वास्थ्यमन्त्री खतिवडासँगै पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री,स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फिर्ता  बोलाउने निर्णय गरेको थियो । 

यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए ।


 

Last modified on 2022-06-06 10:15:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts