एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बनेका खतिवडालाई फिर्ता बोलाउने निर्णय



Download our app to get more features

काठमाडौं,२२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । 

त्यसैअनुसार एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बनेका विरोध खतिवडा पनि परेका छन् । स्वास्थ्यमन्त्री खतिवडासँगै पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री,स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ मन्त्रीबाट हट्ने छन् ।  

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन।

Last modified on 2022-06-05 16:38:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts