कोरोनाका कारण चीनमा एमबीबीएस अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु फर्किन पाउने
काठमाडौं,२० जेठ । कोरोना महामारीको समयमा नेपाल फर्किएका र लकडाउनका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चीनमा फर्किन पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस अध्ययन तथा अन्य विद्यार्थीको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, 'चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरू कोभिड(१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूमध्ये पहिलो चरणमा दुई सय एकासी जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको हुँदा विद्यार्थीहरूले चीन फिर्तीका लागि पुनस् भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।'