सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने



Download our app to get more features

काठमाडौं, १८ जेठ । सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । 

कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले अबको एक महिना अर्थात् असार दोस्रो सातादेखि ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताइन् । 

उनले भनिन्, ‘५ देखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने विषयमा विभिन्न खोप निर्माता कम्पनीसँग कुराकानी भइरहेको र अबको केहि दिनमै खोप नेपाल आइपुग्छ । अनि खोप अभियान सुरु हुन्छ ।’

खोप अभियान कसरी ? कहाँ सञ्चालन हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन ।

Last modified on 2022-06-03 15:16:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts