कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टे सेवा



Download our app to get more features

 महेन्द्रनगर, १८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउने भएको छ।

आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको हो। 

स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो।

प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सै घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताए।

यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।

Last modified on 2022-06-01 17:05:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts