आयोगले बढायो चिकित्सा शिक्षा अध्ययनको शुल्क
काठमाडौं,१८ जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा।भोजराज काफ्लेले जानकारी दिए ।
उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब थियो तर आयोगले अरू कुराको मूल्य वृद्धिको यथार्थ स्थितिभन्दा निकै कम प्रतिशत मात्र शुल्क वृद्धि गरेको छ।”
यस्तो छ शुल्क वृद्धि
१.एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७
२.एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१
३.बीडीएस २०,९२,२८४
४.बीएससी नर्सिङ १०,३६,०००
५.बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,०००
६.बीएएमएस ११,३१,९३३
७.बीएनएस एन्ड पीबीएन ५,१८,०००
८.बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००
९.एमडी/एमएस क्लिनिकल २३,८१,७६४
१०.एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७
११.एमडीएस क्लिनिकल २३,८१,७६४
१२.एमडीएस बेसिक साईन्स १०,८५,८६७
१३.एमडी आयुर्वेद ९,५७,६४२
१४.एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७
१५.एम फार्मा ५,१९६५७
१६.एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४
१७.एमएससी बेसिक साईन्स ७,५७,८३४
१८.एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६
१९.डीएम/एमएचसी २५,९०,०००