बजेट बिनियोजन

आर्थिक वर्षको बजेट : यस्ता छन् स्वास्थ्य क्षेत्रका कार्यक्रम



Download our app to get more features

काठमाडौं,१५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । 

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ भने स्वास्थ्य तर्फ प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ बजेट विनियोजन भएको छ । 

यस्ता स्वास्थ्य क्षेत्रका कार्यक्रम :
-पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादनका लागि ५० करोड बजेट बिनियोजन ।
-स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन ।
-सबै प्रादेशिक अस्पतालहरुमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस मेसिन खरिदका लागि २० करोड विनियोजन ।
-शिक्षकहरुका  लागि अलग्गै अस्पताल निर्माण गर्ने घोषणा ।
-भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने ।
-शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने ।
-मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट ५ हजार पोषण खर्च उपलब्ध गराउने ।
-नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने ।
-निर्माणाधीन आधारभूत अस्पतालहरुको निर्माणका लागि १० अर्ब बजेट बिनियोजन ।
-दुर्गम क्षेत्रका अस्पतालमा मात्रै एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने ।
-उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर स्थापना गर्ने ।
-सिकलसेल एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गर्ने ।
-४०  वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने ।
-सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब १५ प्रतिशत वृद्धि हुने ।

Last modified on 2022-05-30 15:45:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts