बजेट विनियोजन
स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन
काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार स्वास्थ्य क्षेत्रका लागि विनियोजित उक्त बजेट संघ, प्रदेश र स्थानीय तहको हो । संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालु आर्थिक वर्षकोभन्दा कम हो । चालु आर्थिक वर्षमा स्वास्थ्यले संघमा मात्र १ खर्ब १ अर्ब बजेट पाएको थियो ।
Last modified on 2022-05-29 19:11:49