काठमाडौंमा आजदेखि ३ दिनसम्म कोरोनाविरुद्वको खोप अभियान सञ्चालन हुने
 
            काठमाडौं,१२ जेठ । काठमाडौं महानगरपालिकामा आजदेखि ३ दिनसम्म कोरोनाविरुद्वको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
महानगरका अनुसार ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा खोप लगाउन सकिने छ । खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
पहिलो र दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिने महानगरले जनाएको छ ।
दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउन महानगरले भनेको छ ।
 
                
                
                     Last modified on 2022-05-27 10:45:41                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                