विश्व थाइराइड दिवस

आज विश्व थाइराइड दिवस : थाइराइडबाट बच्न के गर्ने ?



Download our app to get more features

काठमाडौं । आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ।

यो दिवस मनाउनुको उद्देश्य थाइराइडको बारेमा मानिसहरूलाई सचेत गराउनु हो । थाइराइड ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा समस्या हुने गर्छ । थाइराइड विशेष गरी ६० वर्ष माथिका महिलामा धेरै देखिन्छ।  तर आजभोलि निकै कम उमेरदेखि नै थाइराइड भएको पाइन्छ। 

थाइराइड के हो ?
शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । थाइराइड रोग नभएर घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ ।

थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।

थाइराइड रोगबाट कसरि बच्न सकिन्छ ?

१. खानामा आयोडिनको मात्रा कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले यसको मात्रा मिलाएर खानुपर्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।

२. वनस्पति घ्यू हाइड्रोजनसँग मिलाएर बनाएको हुन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट हुने समस्या उत्पन्न गरेर त्यसलाई बढाइदिन्छ । तसर्थ सकभर बजारमा पाइने यस्तो घ्यूको प्रयोग गर्नु हुदैन ।

३. थाइराइड भएका विरामीहरुका लागि कफिले दुखाई बढाउने काम गर्छ । बेचैनी तथा अनिन्द्रा जस्ता समस्याहरु पनि निम्त्याउँने काम गर्छ । तर कफिले सिधै थाइराइड भने बढाउँदैन ।

४. थाइराइड भएकालाई रक्सी , बीयर आदीले शरीरिक उर्जालाई प्रभावित पार्छ र निद्रामा समेत समस्या हुन्छ । त्यसैले रक्सी, बीयरको प्रयोग नगर्ने ।
 

Last modified on 2022-05-26 10:47:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts