धनगढीका जेष्ठ नागरिकलाई निजी अस्पतालले निःशुल्क उपचार दिने सम्झौता
धनगढी,१० जेठ । अब कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् ।
मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो ।
उपमहानगरपालिकामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान९परीक्षण० र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ।
यस्तै उनीहरुलाई औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णयमा उल्लेख छ।