नीति तथा कार्यक्रम
सरकारले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने
काठमाडौं,१० जेठ । सरकारले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने बताएकी हुन् ।
त्यसँगै सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम पनि गर्ने भएको छ ।
त्यस्तै सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण न:शुल्क गर्ने भएको छ ।
Last modified on 2022-05-25 11:12:25