गर्ववती र सुत्केरीका लागि हेलिप्याड बनाउने नगरप्रमुखको पहिलो निर्णय
अछाम,१९ जेठ । अछाम सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बहादुर बोहराले गर्ववती र सुत्केरीका लागि नगरका दुर्गम २ ठाउँमा हेलिप्याड बनाउने निर्णय गरेका छन् ।
बोहराले पदभार ग्रहण गर्दै गर्ववती र सुत्केरीका लागि हेलिप्याड बनाउने निर्णय गरेका हुन् ।
टोलटोलमा निशुल्क स्वास्थ्य बीमा,नगरस्तरिय शवबहानको व्यवस्था, कृषकलाई आत्मनिर्भर बनाउन कृषी तथा पशु बिमामा ७५ प्रतिशत छुट गर्ने जस्ता निर्णय उनले गरेका छन् ।
त्यस्तै स्वास्थ्यमा कमजोर अवस्थाको पहिचान भएका मुटु रोगी, क्यान्सर पिडित, मिर्गौला रोगी लगायत गम्भिर प्रकृतिका दिर्घ रोगीको सरकारले गर्ने बाहेकका सो बिरामीको नगरबाट निशुल्क स्वास्थ्य बिमा गर्ने नगर प्रमुख बोहराले बताए ।