ग्रान्डी अस्पतालमा आकस्मिक उपचार बारे पुनर्ताजगि तालिम

What's This?


Download our app to get more features

०१ फागुन काठमाण्डौ

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शुक्रवार आकस्मिक उपचारसम्बन्धी पुनर्ताजगि तालिम सम्पन्न भएको छ । ग्रान्डी अस्पतालको आकस्मिक उपचार बिभागमा कार्यरत डाक्टर तथा नर्सिङ स्टाफहरुलाई विश्वस्तरको आकस्मिक उपचार सेवा प्रदानगर्न सक्षम बनाउने उद्देश्यले पुनर्ताजगि तालिम आयोजना गरिएको हो । अस्पतालको अत्यन्त सम्वेदनशील मानिने आकस्मिक उपचार बिभाग (इमरजेन्सी बिभाग) मा कार्यरत मेडिकल स्टाफहरुलाई उपचारका पछिल्ला प्रबिधिहरुबारे जानकारी गराउन र उनीहरुको सीपमा निखार ल्याउन सो पुनर्ताजगी तालिम आयोजना गरिएको अस्पतालले जनाएको छ । ग्रान्डी अस्पतालको प्रि हस्पिटल केयर सर्भिसेजका कोअर्डिनेटर डा.संजय कार्कीले आकस्मिक उपचारका क्षेत्रमा बिश्वस्तरमा भएका बिभिन्न पछिल्ला अध्ययन र उपलव्धिहरुबारे तालिम दिनुभएको थियो ।

त्यसैगरी ग्रान्डी अस्पतालको इमरजेन्सी बिभागका प्रमुख डा. अजय सिंह थापाले इमरजेन्सी बेसिक लाइफ सपोर्ट तथा एडभान्स लाइफ सपोर्ट र क्राइसिस म्यानेजमेन्ट बारे ह्यान्डस अन प्रशिक्षण दिनुभएको थियो ।

 

Last modified on 2016-02-15 14:28:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts