गर्भवती महिलालाई १० हजार पोषण भत्ता दिने नवनिर्वाचित अध्यक्षको पहिलो निर्णय
काठमाडौं,८ जेठ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले गर्भवती महिलालाई १० हजार पोषण भत्ता दिने निर्णय गरेका छन् ।
सुब्बाले पदभार ग्रहण लगत्तै बच्चाको स्वास्थ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गरेका हुन् ।
उक्त सेवा गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिलाले मात्र पाउने छन् ।
यसले गर्भवती महिलालाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने तथा गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।