कोरोनाविरुद्वको खोप अभियान चुनाव लागेदेखि सुस्त
काठमाडौं,६ जेठ । पछिल्लो समय कोरोनाविरुद्वको खोप अभियान सुस्त बनेको छ । सरकारले बेलाबखत अभियानलाई प्राथमिकतामा राखी सञ्चालन गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने कतिपय दिनहरुमा कोरोनाविरुद्वको खोप लगाउने सङ्ख्या शून्य देखिएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार वैशाख १२, १४, १५, १६ गते १ लाखभन्दा बढीले कोरोनाविरुद्वको खोप लगाएका छन् भने वैशाख ३०, ३१ गते जेठ २, ३, ५ गते कोरोनाविरुद्वको खोप लगाउनेको सङ्ख्या शून्य रहेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मन्त्रालयले मतदान केन्द्र आसपासबाटै कोरोनाविरुद्वको खोप दिइने र छुटेकाले परिचयपत्र र पहिले खोप लगाएकाहरूले खोप कार्ड लिएर जाँन भनेको थियो । तर, पछि मन्त्रालय यो निर्णयबाट पछि हट्दै निर्वाचनको दिन सबै खोपका कार्यक्रमहरू बन्द गर्ने निर्णय गर्यो ।
निर्वाचनको दिन खोप कार्यक्रम बन्द गरेको भएपनि अन्य दिनको तथ्याङ्क हेर्ने हो भने कोरोनाविरुद्वको खोप अभियान त्यति प्रभावकारी रुपमा सञ्चालन नभएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जेठ ५ गतेसम्म नेपालमा ४ करोड २४ लाख ७९ हजार ५ सय ४३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये १ करोड ८९ लाख ७४ हजार ४ सय ३० एक मात्रा र १ करोड ९७ लाख ४७ हजार २८ पूर्ण मात्रा खोप लगाइएको छ । त्यस्तै ३७ लाख ५८ हजार ८५ अतिरिक्त मात्रा लगाइएको छ ।
यस्तो छ वैशाख महिनादेखि लगाइएको खोपको तथ्याङ्क :
वैशाख १ – ६१,२७८
वैशाख २ – ७,८९४
वैशाख ३ – ३०,८८९
वैशाख ४ – ६,७५८
वैशाख ५ – १९,५२५
वैशाख ६ – ७२,६८९
वैशाख ७ – १,३८,१८२
वैशाख ८ – ३५,७२८
वैशाख ९– १,२९,०८३
वैशाख १० – ४८,७८०
वैशाख ११ – ४८,०९४
वैशाख १२ – १,२३,२१०
वैशाख १३ – ८६,१३६
वैशाख १४ – १,२३,५९०
वैशाख १५ – १,०२,५४३
वैशाख १६ – २,०९,०५६
वैशाख १७ – ७४,६४६
वैशाख १८ – २९,५७४
वैशाख १९ – १६,०१०
वैशाख २० – ९३,५४६
वैशाख २१ – ३०,६५६
वैशाख २२ – ९२,०८८
वैशाख २३ – ८४,६२१
वैशाख २४ – ६९,६५६
वैशाख २५ – २२,१०६
वैशाख २६ – ३८,५५९
वैशाख २७ – ८०,१४२
वैशाख २८ – ११,००५
वैशाख २९ – २१,१७९
वैशाख ३० – ०
वैशाख ३१ – ०
जेठ १ – ११,६२९
जेठ २ – ०
जेठ ३ – ०
जेठ ४ – ३५,८५२
जेठ ५ – ०