स्थानीय तहको निर्वाचनमा स्वास्थ्य क्षेत्रका उम्मेदवार, कतै जीत कतै हार 



Download our app to get more features

काठमाडौं, ४ जेठ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते सम्पन्न भयो । उक्त निर्वाचनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागीता जनाए । आफ्ना क्षेत्रबाट बिदा लिएर स्थानीय निर्वाचनमा होमीए । 

देशैभर स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरूले पनि स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका समाचारहरू बाहिरिए । तीनै व्यक्तिहरूले अहिले कतै जित हासिँल गरेका छन् भने कतै हार व्यहोरेका छन् । 

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी थिइन् नर्स रजनी थापा । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी नर्स थापा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीसँग १ सय ७४ मतान्तरले पराजित भएकी छन् । 

एमालेका मेयर उम्मेदवार अधिकारीले १० हजार ३ सय ४० मत ल्याउदा थापाको १० हजार १ सय ७७ मत आएको छ ।

थापाले पिसिएल नर्सिङ, स्नातक मानविकी, एलएलवी, राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य । उनी जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा उठेका आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन् । 

आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजक थिए । उनी नेपाल स्वास्थ्यकर्मी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् ।

बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार लोकेन्द्र बहादुर रानालाई ५ सय ३८ मतान्तरले पराजित गरेका हुन् । 

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा स्वास्थ्यकर्मी धनीराम ओलीले उम्मेदवारी दिएका थिए । ओलीले २ हजार ४ सय २९ मत ल्याउदै वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी भेरी अस्पताल विकास समितिका सदस्य थिए । 

माओवादी केन्द्रका उम्मेदवार ओलीले एमाले उम्मेदवार समरबहादुर खत्रीलाई हराएर हुन् ।  

त्यसैगरी स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन् । सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन् । 

चौधरीले ८ सय ७१ मत ल्याएर जित हासिल गरेकी हुन् । चौधरी राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपलाको जिल्ला कार्यसमिति सुनसरीकी सदस्य समेत हुन् ।

Last modified on 2022-05-19 14:10:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts