वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्डबाट सम्मानित
काठमाडौं,२ जेठ । वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो
आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेकी छन् । पहिलो पटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो ।
श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि सेवा दिँदै आएकी छन् । हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख,आइसियु विभागमा कार्यरत छिन् ।