आजबाट दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा, आइतवार अस्पतालका ओपिडी बन्द



Download our app to get more features

काठमाडौँ, १ जेठ । आज देशभरका अस्पतालको ओपिडी बन्द हुने भएको छ ।

सरकारले साताको दुई दिन बिदा दिने निर्णय आजबाट कार्यान्वयनमा आएसँगै अबदेखि आइतवार पनि अस्पतालका ओपिडी बन्द हुने भएको हो ।

मन्त्रीपरिषको बैठकले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । जस अनुसार आजबाट लागू हुने गरी अस्पताल र स्वास्थ्य चौकीमा सेवा बन्द रहने छ । 

आइतवार बिदा दिने निर्णय कार्यान्वयनमा आएसँगै अब सोमवारदेखि शुक्रवारसम्म मात्रै ओपिडी सेवा सञ्चालनमा रहने भएको छ । 

अस्पतालमा विदा दिने निर्णय कार्यान्वयनमा नल्याउन बहस चलिरहँदा अब सेवाग्राहीलाई थप समस्या हुने भएको छ । 

अर्को निर्णय नभएसम्म अस्पताल र स्वास्थ्य संस्थामा ओपिडी पनि बन्द रहने सरकारले बताएको छ । 
 

Last modified on 2022-05-16 07:44:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts