देशभर ३ हजार ६ सय ३४ कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि
काठमाडौं,२७ वैशाख । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ३ हजार ६ सय ३४ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ३ सय ७६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ र १ हजार २ सय ५८ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १७ जना स्वस्थ भएका छन् । योसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ८ सय २३ पुगेको छ।
गत २४ घन्टामा देशभर ८० हजार १ सय ४२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन । त्यस्तै सक्रिय संक्रमितको संख्या १ सय ८५ रहेको छ ।