बैतडीका ७५ हजार बालबालिकालाई टाइफाइड खोप



Download our app to get more features

बैतडी,२३ वैशाख । बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार  जिल्लाका १० वटै  पालिकाका ७४ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएका हुन् ।

कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४ सय २२, पाटन नगरपालिकाका ८ हजार ७ सय १०,  दशरथचन्द नगरपालिकाका ८ हजार ४ सय ८१, मेलौली नगरपालिकाका ६ हजार २ सय ३६ बालबालिकालाई खोप लगाइएको छ । 

यस्तै सिगास गाउँपालिकाका ७ हजार ७ सय ५०, दोगडाकेदार गाउँपालिकाका ६ हजार ९ सय १४, डिलाशैनी गाउँपालिकाका ६ हजार ६ सय १७,  शिवनाथ गाउँपालिकाका ६ हजार ३ सय ७२, सुर्नया गाउँपालिकामा ५ हजार ८ सय ४५ र पञ्चेश्वर गाउँपालिकाका ५ हजार ५ सय ६९  बालबालिकाले खोप पाएका हुन् ।

जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन् । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत छ । यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ ।  

बालबालिकालाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts