मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. जोशी  निलम्बनमा



Download our app to get more features

काठमाडौं,१५ वैशाख । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशी निलम्बनमा परेका छन् । जोशीले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै बागमती प्रदेश सरकारले निलम्बन गरेको हो । 

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेको लगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रा.डा.जोशी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि  स्वतः निलम्बनमा परेको हुन् । 

जोशी ०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts