जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह
काठमाडौं,१४ वैशाख । सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।
सरकारले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन भनेको छ । त्यस्तै अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
Last modified on 2022-04-27 16:58:57