भारतमा कोरोना भाइरसको संक्रमण बढ्यो
 
            ऐजेन्सी,१४ वैशाख । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ हजार ९ सय २७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
सो समयमा नै कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६ सय ५४ पुगेको छ । अहिले भारतमा १६ हजार २ सय ७९ जना संक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ हजार २ सय ५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
                     Last modified on 2022-04-27 10:39:31                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                