आज विश्व औलो दिवस, सन् २०२२ सम्म स्थानीय स्तरमा शून्यमा झार्ने सरकारको लक्ष्य
काठमाडौं, १२ वैशाख । आज विश्व औलो दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व औलो दिवस मनाइँदै छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपाले पनि सोही दिन यो दिवस मनाउँदै आएको हो ।
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ ।
म्हाशाखाका प्रमुख डा.चुमन लाल दासले औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।
लामखुट्टेको टोकाइबाट लाग्ने औलो निवारणका लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।