कन्सर्टमा गाउँदै, जलविन्दु बिरामीलाई सघाउँदै 

What's This?


Download our app to get more features

काठमाडौं, ४ भदौ । जलविन्दु सम्बन्धी जनचेतना फैलाउने र आर्थिक अवस्था कमजोर भएका जलविन्दु लागेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले रष्टी नेल्स ब्याण्डले च्यारिटी कन्सर्ट गरेको छ ।

कन्र्सटमा ब्याण्डका भोकलिस्ट समेत रहेका चिकित्सक डा. सुमन थापाले गीत गाएर च्यारिटी कन्सर्टमा सहभागी सबै सहयोगीलाई धन्यवाद दिए । सामान्य बिरामीको पँहुचमा उपचार संभव नहुने, महंगो उपचार शुल्क लाग्ने जलबिन्दु रोगको उपचारमा सहज पहुँच पुर्याउन अभियान थालिएको आयोजकले जनाएको छ ।

शुक्रबार काठमाण्डौं नक्सालको एटिकबारमा भएको कन्र्सटमा रष्टी नेल्स ब्याण्डको एक वर्षे सांगीतिक यात्रासहित निर्माण गरिएको जलविन्दु सम्बन्धी वृतचित पनि प्रर्दशन गर्यो । सांगीतिक यात्रा मार्फत च्यारिटी कन्सर्टको कसरी सुरुवात भयो, जलबिन्दु रोग भनेको के हो र नेपालमा यसको अवस्था कस्तो छ भन्ने बिषयलाई वृतचितले समेटेको छ ।

 जलबिन्दु रोग उपचारमा ‘१९७४ एडी’, निमा रुम्बा लगाएतले च्यारिटी कन्सर्ट मार्फत गीत गाएर सहयोग गरे । वृतचित्र प्रदर्शनबाट उठेको रकम उपचारमै खर्च गरिने आयोजकले जनाएको छ । व्याण्डले २०७२ सालमा ५ वटा च्यारिटी कन्र्सटबाट संकलन भएको २२ लाख रुपैयाँ ब्याण्डका सदस्य डा. सुमन थापाले तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिसकेका छन् ।

डा. थापा जलविन्दु विशेषज्ञ साथै तिलगंगा आँखा प्रतिष्ठानका जलविन्दु विभागका प्रमुख एवं प्राध्यापक पनि हुन् । डा. थापाले तिलगंगाले आर्थिक श्रोतका अभावमा उपचार गर्न नसक्ने जलविन्दु रोग लागेका र शल्यक्रिया गर्नुपर्ने बालबालिकाहरुका लागि रकम खर्च गरिने जानकारी दिए ।

 समयमै पहिचान भई उपचार गर्नसकेमा जलविन्दुको रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् । हाल जलविन्दुको अन्तराष्ट्रिय स्तरको उच्च प्रविधि सहितको उपचार तिलगंगा आँखा अस्पतालमा सम्भव रहेको अस्पतालले जनाएको छ । 
 

Last modified on 2016-08-21 09:32:12

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts